नियम ६७
लिखत दर्ता सम्बन्धी थप व्यवस्था
(१) यस नियमावलीमा अन्यत्र भएका व्यवस्थाको अतिरिक्त वाणिज्य इजलासले कारबाही किनारा गर्ने कम्पनी ऐन, २०६३ का देहायका दफा अन्तर्गत दायर हुने मुद्दाको फिरादपत्र, उजुरी, निवेदन, पुनरावेदन, लिखित प्रतिवाद आदि दर्ता गर्दा देहाय बमोजिमको प्रमाण र प्रक्रिया पूरा गर्नु पर्नेछः-
(क) दफा ६ को उपदफा (३) बमोजिमको उजुरी भएमा कम्पनी दर्ता गर्न दिएको निवेदनको प्रतिलिपि, दर्ता नं. र मिति तथा दर्ता गर्न ईन्कार गरेको सूचना वा जानकारी दिएको भए सोको प्रतिलिपि,
(ख) दफा ५७ बमोजिम सेयर पुँजी घटाउन अदालतको स्वीकृति लिने निवेदन दायर गर्दा कम्पनीको साधारण सभाले पारित गरेको विशेष प्रस्तावको प्रमाणित प्रतिलिपि, कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
(ग) दफा ५८ बमोजिम सेयर पुँजी घटाउने निवेदन परेउपरको दाबी बिरोध गरिएको निवेदन भएमा कुन हैसियतले निवेदन गरिएको हो सो देखिने प्रमाण,
(घ) दफा ७६ को उपदफा (३) बमोजिम साधारण सभा नबोलाए उपरको निवेदन भएमा कम्पनी रजिस्ट्रारको कार्यालयले साधारण सभा गर्न दिएको निर्देशनको प्रमाणित प्रतिलिपि,
पति । (ङ) दफा १०४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश तथा दफा १५९ को उपदफा (२) बमोजिम कम्पनीका सञ्चालक वा पदाधिकारीले अधिकारक्षेत्र नाघी काम गरेउपरको निवेदन भएमा निजहरूको अधिकारक्षेत्र नाघेको देखिने निर्णय वा आदेशको प्रतिलिपि,
(च) दफा १२३ को उपदफा (२) बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयले खटाएको निरीक्षकले दिएको प्रतिवेदनका आधारमा मुद्दा पेस गरिएकोमा निरिक्षण प्रतिवेदनको प्रतिलिपि,
(छ) दफा १३७ बमोजिम दर्ता खारेज भएको कम्पनी पुनख्र्थापना गर्न निवेदन दिएको भएमा दर्ता खारेजीको निस्सा वा आदेशको प्रमाणित प्रतिलिपि,
(ज) दफा १३९ बमोजिम सेयरधनीका हकहित विपरीत कारोबार सञ्चालन भए उपरको उजुरी भएमा दाबी पुष्टि हुने प्रमाणको प्रतिलिपि,
(झ) दफा १४० बमोजिम कम्पनीको हकहित प्रचलन गराउन कम्पनीले मुद्दा चलाउनु पर्ने तर नचलाएमा सेयरधनीले कम्पनीको तर्फबाट मुद्दा चलाइयोस् भनी प्रयास गरेको देखिने प्रमाणको प्रतिलिपि,
(ज) दफा १३९ तथा १४० बमोजिम दायर हुने मुद्दामा छुट्टाछुट्टै फिराद वा उजुरी गर्नु पर्नेछ,
(ट) दफा १६७ को उपदफा (३) बमोजिम मुनाफा वितरण नगर्ने कम्पनीको दर्ता खारेज गरिए उपरको उजुरी भएमा दर्ता खारेजीको निस्सा वा आदेशको प्रमाणित प्रतिलिपि,
(ठ) छाप चलाउने कम्पनीको तर्फबाट उजुरी गर्दा अदालतमा पेस गर्ने कागजमा कम्पनीको छाप तथा दस्तखत र छाप प्रयोग नगर्ने कम्पनीको कारोबारमा त्यस्तो कम्पनी वा व्यक्तिले अदालतमा पेस गर्ने कागजातको हकमा आफैले प्रमाणित गरेको दस्तखत र नाम, (ड) कम्पनी वा कम्पनीसँग कारोबार गर्ने व्यक्तिले नालिस उजुर, प्रतिवाद गर्दा पेस गर्ने नक्कल कागजातमा सक्कलबमोजिम नक्कल ठीक दुरुस्त भएको ब्यहोरा खुलाई गरेको सहीछाप,
(ढ) दफा १२९ को अवस्था परी लिक्विडेटरले अदालतसमक्ष कम्पनीको दामासाही पुनरावलोकन गर्न दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ४ को उपदफा (३) को खण्ड (ग) बमोजिम निवेदन दिँदा आफू नियुक्त भएको प्रमाण, निजको रायसहितको प्रतिवेदन र त्यसको आधार ।
(२) यस नियमावलीमा अन्यत्र भएका व्यवस्थाको अतिरिक्त वाणिज्य इजलासले कारबाही किनारा गर्ने दामासाही सम्बन्धी ऐन, २०६३ का देहायका दफाअन्तर्गत दायर हुने मुद्दाको फिरादपत्र, उजुरी, निवेदन, पुनरावेदन, लिखित प्रतिवाद आदि दर्ता गर्दा देहायका प्रमाण र प्रक्रिया पूरा गर्नु पर्नेछ:-
(क) दफा ४ बमोजिम दामासाही सम्बन्धी कारबाहीको लागि निवेदन दिएको भएमा निवेदन दिन पाउने हकदैया देखिने प्रमाण,
(ख) दफा ४ को उपदफा (३) को खण्ड (क), (ख) वा (ग) मध्ये कसबाट निवेदन पेस हुने हो, सोसँछग सम्बन्धित उक्त खण्डमा उल्लेख गरिएका प्रमाणका प्रतिलिपि,
(ग) दफा ४ को उपदफा (४) बमोजिम कम्पनीको सेयरधनी वा डिवेञ्चरधनीले दामासाहीको कारबाहीको लागि निवेदन दिँदा अदालतबाट प्राप्त अनुमतिको प्रमाण,
(घ) दफा ५ बमोजिम साहुले क्रण चुक्ता गर्न कम्पनीलाई सूचना दिएको पैंतीस दिन पूरा भएको प्रमाण,
(ङ) दफा ६ को उपदफा (१) बमोजिम साहुहरूले क्रण चुक्ता गर्न दिएको सूचना निष्क्रिय पार्न कम्पनीले निवेदन दिएमा त्यस्तो सूचनाको प्रतिलिपि र सो सूचना निष्क्रिय हुनु पर्ने भनी गरिएका आधार पुष्टि हुने प्रमाण,
(च) दफा ७ बमोजिम दामासाहीमा पर्ने कम्पनी आफैँले निवेदन दिँदा सञ्चालक समितिले कम्पनी दामासाहीमा परेको प्रमाणित गरिदिएको लिखत, कम्पनीको वासलात र लेखा परीक्षकको प्रतिवेदन तथा सञ्चालक समितिले पारित गरेको विशेष प्रस्तावको प्रतिलिपि,
(छ) दफा ८ बमोजिम पूर्व स्वीकृति लिनु पर्ने कम्पनीको हकमा स्वीकृतिको प्रमाणित प्रतिलिपि,
(ज) दफा ४८ को उपदफा (५) बमोजिम साहुले अदालतमा पुनरावलोकनको निवेदन दिँदा सो सँग सम्बन्धित प्रमाण,
(झ) दफा ५९ को उपदफा (२) बमोजिम लिक्विडेटरले दामासाहीमा परेको कम्पनीसँग गरेको कारोबार बदर गराउन दिएको निवेदन भएमा बदर हुनु पर्ने दाबीका आधार पुष्टि हुने प्रमाण,
(ज) दफा ७० को उपदफा (१) बमोजिम दामासाहीमा परेको कम्पनीको दामासाही व्यवसायीलाई हटाउने निवेदन भएमा निज उपरको आरोप पृष्टि हुने प्रमाण,
(ट) दफा ७२ को उपदफा (१) अन्तर्गतका कसूर गरेको आरोप लगाई परेको मुद्दा भएमा आरोप प्रमाणित हुने भए सम्मका प्रमाण,
(ठ) दफा ७४ अनुसार मुद्दामा लागेको खर्च भराउने वा नोक्सानीको क्षतिपूर्ति भराउने दाबी गरेको निवेदन भएमा खर्च वा हानि नोक्सानीको बिगो यकिन गरी सो पुष्टि हुने प्रमाण ।
(ड) नेपालमा शाखा कार्यालयको रुपमा दर्ता भएको कुनै विदेशी कम्पनीले प्रचलित कानून बमोजिम कारोबार वा व्यवसाय बन्द गर्दा नेपालभित्र गरेको कारोबार वा व्यवसाय सम्बन्धमा दामासाही सम्बन्धी कारबाहीको लागि कम्पनीले निवेदन दिँदा देहायको विवरण संलग्न गर्नु पर्नेछः-
(अ) कम्पनी ऐन, २०६३ को दफा १५७ बमोजिमको अख्तियारनामाको प्रतिलिपि र,
(आ) कम्पनी ऐन, २०६३ को दफा १५८ को उपदफा (६) मा उल्लेख भए बमोजिम अन्य मुलुकको कानून बमोजिम दामासाही प्रक्रिया शुरू भएकामा सो ब्यहोरा प्रमाणित हुने लिखत।
तर विदेशी कम्पनीको अख्तियारी प्राप्त प्रतिनिधिले निवेदन दिएकोमा कम्पनी ऐन, २०६३ को दफा १५८ को उपदफा (६) बमोजिम प्रकाशित सूचनाको प्रतिलिपिसमेत संलग्न राख्नु पर्नेछ।
(३) यस नियमावलीमा अन्यत्र भएका व्यवस्थाको अतिरिक्त वाणिज्य इजलासले कारबाही किनारा गर्ने प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ का देहायका दफाअन्तर्गत दायर हुने देहायका मुद्दाको फिरादपत्र, उजुरी, निवेदन, पुनरावेदन, लिखित प्रतिवाद आदि दर्ता गर्दा देहायका प्रमाण र प्रक्रिया पूरा गर्नु पर्नेछः-
(क) दफा २४ को उपदफा (५) बमोजिम प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण बोर्डले गठन गरेको उपसमितिले मुद्दाको अनुसन्धान तथा तहकिकात गरेको भएमा मुद्दा दायर गर्न बजार संरक्षण अधिकृतलाई बोर्डले दिएको आदेशको प्रतिलिपि,
(ख) दफा २४ को उपदफा (६) बमोजिम बजार संरक्षण अधिकृतले सरकारी वकिलसँग मुद्दा चलाउने सम्बन्धमा लिएको राय र सरकारी वकिलबाट भएको निर्णयको प्रतिलिपि,
(ग) दफा २९ बमोजिम कुनै व्यक्ति वा प्रतिष्ठानबाट क्षतिपूर्ति भराई पाउन दिएको निवेदनमा क्षतिपूर्तिको लागि दाबी गरिएको बिगो र सो पुष्टि हुने प्रमाण ।
(४) यस नियमावलीमा अन्यत्र व्यवस्था भएका व्यवस्थाको अतिरिक्त वाणिज्य इजलासले कारबाही किनारा गर्ने सुरक्षित कारोबार ऐन, २०६३ का देहायका दफा अन्तर्गत दायर हुने देहायका मुद्दाको फिरादपत्र, उजुरी, निवेदन, पुनरावेदन, लिखित प्रतिवाद आदि दर्ता गर्दा देहायका प्रमाण र प्रक्रिया पूरा गर्नु पर्नेछ:-
(क) दफा ४८ बमोजिम धितो लिने विरुद्ध निवेदन दिँदा धितो लिनेले परिपालन गर्नु पर्ने दायित्व उल्लेख भएको सम्झौताको प्रतिलिपि,
(ख) दफा ४९ को उपदफा (१) बमोजिम निवेदन दिँदा आरोप पुष्टि हुने प्रमाण र सम्झौताको प्रतिलिपि, (ग) दफा ५४ को उपदफा (३) बमोजिम क्षतिपूर्ति दाबी गरी निवेदन दिदा दाबी पुष्टि हुने प्रमाण,
(घ)। दफा ५५ बमोजिमको कसूर गर्ने विरुद्ध क्षतिपूर्तिको लागि निवेदन दिँदा कसूर गरेको ठहर भएको फैसलाको प्रमाणित प्रतिलिपि ।